तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।आज बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नुभएको थियो ।

राष्ट्रपतिसँगको छलफल पछि केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक  सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button