बारामा चट्याङ पर्दा ४ जनाको मृत्यु, १० जना घाईते

बीरगंज । बारामा चट्याङ लागेर ४ जनाको मृत्यू भएको छ । चट्याङ लागेर १० जना घाइते भएका छन् । पानीसँगै आएको चट्याङले चार जना महिलाको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
चट्याङ लागेर मृत्यु भएकाहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुरका दुई जना र फेटा गाँउपालिका वडा नम्बर १ का दुई जना गरी चार जना रहेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार मृत्यु हुनेमा सितलपुरका खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो र ४५ बर्षिय हलिमा खातुन रहेकी छन् भने फेटामा घरमा चटाङ लग्दा एकै घरका ३० बर्षिय ईन्दु देवी महतो र ४० बर्षिय सुनारपति देवी महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।
घाईते हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नं.१ंं० को एक जना ,वडा नंं.१२ को एक जना र सुवर्ण गाउँपालिकाको एक जना र बाँकी साँत जना जना फेटा गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
फेटा गाउँपालीका वडा नम्बर १ त्रिबेणी टोलमा चट्याङ लागेर घाईते हुनेमा ४० बर्षिया बचनादेवी हजरा, ६० बर्षिया राजपति देवी, ३५ बर्षिया कान्ति देवी, ६० बर्षिया उमा देवी ठाकुर, २५ बर्षिया लिलावती देवी, ३५ बर्षिया सुसीतादेवी, ६० बर्षिया तिला देवी धोबी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
घटनापछि मृतकको शव पोष्टमार्टमकालागी कलैया अस्पतालमा लगिएको छ । यता चट्याङ लागि गम्भिर घाईते सातै जनालाई उपचारकालागि बीरगंज स्थित नारायणी अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
घाईतेहरुमध्ये फेटा गाउँपालिकाको एक जनाको अवस्था ज्यादै जटिल रहेको छ । घाईते सबैको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भईरहेको छ । कलैया उपमहानगरपालिकामा मृत्यु भएकाहरुलाई कलैया अस्पताल र फेटा गाउँपालिकामा मृत्यु भएकाहरुको शब नारायणी उपक्षेत्रीय अस्पतालमा पोस्टमार्डमकालागि पठाईएको छ ।
अहिले पनि बारामा पानीसँगै चट्याङ जारी छ । जिल्ला प्रशासन कार्यालय बाराले चट्याङबाट सजग र सतर्क रहन बाराबासी सँग आग्रह गरेको छ । बारामा हरेक बर्ष चट्याङका कारण मानिस तथा पशुपन्छीको मृत्यु हुँदै आएको छ ।
यसैक्रममा प्रदेश नं.२ का सरकारले चट्याङ लागेर मृत्यु र घाईते भएकाहरुको सन्दर्भमा घोषणा गरेको छ । चट्याङ लागि मृत्यु भएकाहरुलाई जनही एक ,एक लाख दिने र घाईते भएका सम्पुर्णको उपचार प्रदेश सरकारले गर्ने प्रदेश नंं.२ का भौतिक पुर्बधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्