विश्व बैंकद्वारा राष्ट्रिय निर्देशकमा नयाँ नियुक्ति
काठमाडौं । विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोसलाई नयाँ नियुक्ती गरेको छ ।
काठमाडौं उप–क्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमका नेतृत्व उनले गर्दै छन् ।
विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारहरूलाई कुल ३५ करोड डलर भन्दा बढीको कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्