तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ५३ जना कोरोना संक्रमित थपिए


वीरगंज । प्रदेश नम्बर २ का पर्सा, महोत्तरी र धनुषा जिल्लामा आज ५३ जना कोरोना संक्रमित फेला परेका छन् ।

वीरगंजको नारायणी अस्पतालको प्रयोगशाला सहित केन्द्रिय प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणको क्रममा पर्साको बीरगंज स्थित त्रिजुद्ध माविमा रहेको क्वारेन्टाईनमा बसेका एक पुरुष सहित महोत्तरीको सम्सीमा ३ महिला,१९ पुरुष गरी २२ जना, एकडारवामा ८ पुरुष र मनरा सिस्वामा १ पुरुष गरी महोत्तरीमा ३१ जना र धुनषाको सबैलामा १८ पुरुष,मिथिला नपामा ३ पुरुष गरी २१ जना कोरोना संक्रमित भेटिएको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज थपिएका ५३ जना सँगै प्रदेश २ का ८ जिल्लामा संक्रमितको सख्यामा ३ हजार ४ सय ९२ पुगेको छ ।

प्रदेश २ को आठ जिल्लाको ४ सय ५५ क्वारेन्टाइनमा आज सम्म ६ हजार ३ सय १ जना रहेका छन् भने विभिन्न आईसोलेशन वार्डमा ७ सय ९७ जना उपचाररत रहेका छन् । प्रदेश २ को आठ जिल्लाका स्वाब लिएका ३ हजार २ सय ७२ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button