श्रीलंका पुलिसद्वारा फाइनल फिक्सिङ भएको बारे अनुसन्धान शुरु
काठमाडौं । श्रीलंका पुलिसले सन् २०११ को फाइनल फिक्सिङ भएको भन्ने पूर्व खेलकुद मन्त्रीको भनाई र कारण सहित प्रतिवेदन बुझाएपछि अनुसन्धान सुरु गरेको छ ।
जसमा पुलिसले पूर्व कप्तान तथा २०११ को विश्वकपका प्रमुख छनोटकर्ता अरविंद डी सिल्वासँग ६ घण्टा सोधपुछ गरेको छ ।
पुलिसले अब फाइनलमा ओपन गरेका उपल थरंगासँग गर्ने भएको छ । भारतले विश्वकपको उपाधि जितेको प्रतियोगिताका बेला फाइनल खेल श्रीलंकाले विक्रि गरेको भन्दै पूर्व खेलकुद मन्त्री महिंदानन्द अल्थगामागेले बताएका थिए । जसमा उनले २४ वटा कारण सहित नौ पेज लामो प्रतिवेदन पनि बुझाएका थिए ।
यसमा पूर्व कप्तान सनथ जयसूर्याले पनि यो विषयमा आवाज उठाएका छन । पछिल्लो पटक महिंदानन्दले श्रीलंका क्रिकेट बोर्डलाई सो फाइनलमा मिलेमलो गर्नसक्ने सम्भावित खेलाडीको सूचीपनि पठाएको थियो । जसमा उनले यीनीहरुका कारण फाइनल फिक्स भएको हुन सक्ने बताएका थिए ।
विश्वकपको फाइनल फिक्स भएको भन्ने आरोपमा त्यो बेलाका कप्तान कुमार संगाकारा र महेला जयावर्दनेले खण्डन गरेका छन । तर श्रीलंका सरकार आरोपीमाथि जाँच गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्