वडाध्यक्षलाई उपचारका लागि काठमाडौंँ ल्याइयो
रासस । अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न काठमाडौँ पठाइएको बताउनुभयो ।
चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई आज मध्याह्न १२ बजेतीर वडा कार्यालय नजिकै आक्रमण गरेको र घटनास्थल नजिकै विप्लव समूहको पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्