तपाईँ सुन्दै हुनुहुन्छः

सिनियर डिभिज्नल इन्जिनियरविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन बिभाग पानीपोखरी काठमाडौंमा कार्यरत सिनियर डिभिज्नल इन्जिनियर राज कुमार शाक्यविरुद्ध १० करोड ७७ लाख ५० हजार बराबर गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप—पत्र दायर गरेको छ ।

आयोगले निज राज कुमार शाक्यले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्म आर्जन गरेको सम्पतिमध्ये दश करोड ७७ लाख ५० हजार बराबर अवैध सम्पति आर्जन गरेको जनाएको छ ।

त्यसैगरी आयोगले नेपाल बिद्युत प्राधिकरणको फोरमेनबाट अवकाश प्राप्त टहल बहादुर कार्कीविरुद्ध १ करोड ९ लाख ८७ हजार गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोप—पत्र दायर गरेको प्रवक्ता प्रदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button