तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूको तर्फबाट देशभरका स्थानीय तहलाई सुझाव पेश

कञ्चनपुर । देशभरका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७।०७८ को योजना तर्जूमा गरिरहेको पूर्वसन्ध्यामा मानवताका लागि हामी अभियानले युवामैत्री स्थानीय योजना निर्माणको लागि बिभिन्न माध्यमहरूबाट युवाहरूका सुझाव सङ्कलन गरेको थियो ।

प्राप्त सुझावहरूमध्ये अति महत्वपूर्ण सुझावहरू कार्यान्वयनको जोडदार माग सहित देशभरका स्थानीय तहहरुमा पठाइएको मानवताका लागि हामी अभियानका संयोजक निरज बागको भनाइ छ । यसका अतिरिक्त, युवा संग स्थानीय सरकार, प्रदेशका सांसदहरुसंग बजेट बहस लगायतका कार्यक्रम समेत गरिएको बताइएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व नै देशभरका सबै स्थानीय तहहरुलाई विभिन्न माध्यमबाट सुझाव पठाइएको संयोजक निरज बागले बताउनु भएको छ ।

उहाँका अनुसार, स्थानीय तहहरुलाई दिइएको सुझावहरुमा संघीय सरकार र प्रदेश सरकारले तयार गरेका युवा लक्षित रोजगार कार्यक्रमहरू कार्यविधि बनाएर एकद्वार प्रणालीबाट पारदर्शी ढंगले सञ्चालन गर्न, स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको भरपूर प्रयोग गर्दै कम्तिमा एक सय जनालाई रोजगारी दिन सकिने उद्योगहरु सञ्चालनको प्रकृया अगाडि बढाउन आग्रह गरिएको छ ।

त्यस्तै, कोभिड १९ महामारीका कारण देशभित्र र विदेशमा रोजगारी गुमाएका नेपालीहरुका लागि विशेष राहत प्याकेज घोषणा गरी उद्यमशीलता तर्फ आकर्षित गर्न सहुलियत ऋणका कार्यक्रमहरू घोषणा गर्न, स्थानीय तहमा “जैबिक कृषि केन्द्र” स्थापना गरी युवाहरुलाई प्राङ्गारिक खेतितर्फ प्रेरित गर्दै उचित बजारको पनि ग्यारेन्टी दिन र बिज्ञान तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न “एक स्थानीय तह, एक अनुसन्धान केन्द्र” कार्यक्रमको प्रकृया अगाडि बढाउन समेत स्थानीय तहलाई सुझाव दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button