प्रदेश र स्थानीय सरकारको आवश्यकताको आधारमा रकम विनियोजन गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड १९ को रोकथामका लागि प्रदेश र स्थानीय सरकारको सहकार्य, समन्वय र आवश्यकताको आधारमा रकम विनियोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरवारमा बसेको बैठकले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाईन र आईसोलेशन सेन्टरको व्यवस्थापन तथा अनुगमन गर्र्न र उपत्यका आउने जाने नागरिकको सन्दर्भमा विरामी, कर्मचारी र व्यवसायीलाई सरलीकृत गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा सांसदहरुले देशभरका क्वारेन्टानईन र आईसोलेशन सेन्टरहरुलाई न्यूनतम मापदण्ड तयार गरि व्यवस्थित बनाउनुपर्ने, उपत्यका आवत जावतलाई व्यवपस्थित गर्नुपर्ने, सर्वसाधारणलाई मात्रै मार पर्ने गरि नियम बनाउन नहुने विषयमा जोड दिनुभयो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीले कोभिड १९ को रोकथामका लागि स्थानीय तहहरुमा भएका सबै खर्च केन्द्र सरकारले नै व्यवस्था गरेको जानकारी गराउनुभयो ।
उहाँले कोरोना भाईरस संक्रमणको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी रुपमा समन्वय भईरहेको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्