गुरुयोजना कार्यान्वयन गर्दा संस्कृति र सम्पदाको संरक्षण हुनु पर्नेमा जोड

काठमाण्डौ।पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयन गर्दा संस्कृति र सम्पदाको संरक्षण हुनु पर्नेमा सांसदहरुले जोड दिनु भएको छ ।
अन्तराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सांसदहरुले पशुपति क्षेत्रमा नयाँ निर्माण गर्दा पुराना मौलिकता हराउन दिन नहुनेमा जोड दिनुभयो ।
उहाँहरुले विश्वसम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको पुनर्निमाण गर्दा पुरातत्व विभागसँग समन्वय गर्नु पर्ने, मौलिकता र सांस्कृतिक पक्षको संरक्षण गर्नु पर्ने र गुरु योजना बनाएर मात्रै काम शुरु गर्नु पर्ने बताउनुभयो ।बैठकमा पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पशुपति क्षेत्रविकास कोषको गुरुयोजनालाई पूर्णता दिन लागि परेको बताउनुभयो ।
कार्यकारी निर्देशक डा. खतिवडाले पशुपति क्षेत्रको मौलिक र सांस्कृति पक्षको जगेर्ना गर्ने, सौन्दर्यलाई जोगाई राख्ने गरी भूकम्पले क्षती पु¥याएका संरचनाको पुननिर्माण गर्नेकाम भैरहेको र आवश्यक पार्किङ लगयातका संरचनाहरु निर्माण गर्न विस्तृत परियोजना निर्माण गर्नेकाम भैरहेको जानकारी गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्