तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिकिलो ५० रुपैयाँमा सलह किन्ने बुधबारे जेसीजको घोषणा

झापा– झापाको बुधबारे जेसीजले सलह कीरा प्रतिकिलो ५० रुपैयाँका दरले किनिदिने भएको छ । ‘किसानका लागि जेसीज’ भन्ने अभियानअन्तर्गत जेसीजको सोमबार सम्पन्न बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

सलह नेपाल भित्रिसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस् भन्ने उद्देश्यले बुधबारे जेसीजले सो निर्णय गरेको अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

सलह कीराले किसानलाई ठूलो क्षति पुग्न सक्नेतर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी रहेको बुधबारे जेसीजका सचिव अनिल वाग्लेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button