कैलालीमा सलह पुग्यो

धनगढी – कैलालीको पूर्वी क्षेत्रमा सलह प्रवेश गरेको छ । झुण्ड(झुण्डमा रहेको सलह मकैवारी देखी करेसावारीमा देखिएको सरकारी अधिकारीको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमी ब्यवस्था, कृषि तथा सहकारी मंत्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह कैलालीमा प्रवेश गरेको बताउनुभयो । उहाले जिल्लाको पूर्वीक्षेत्र लम्कीचुहा, बर्दगोरिया लगायतका क्षेत्रमा सलह देखिएको जानकारी दिनुभयो । यसैबिच सलह ब्यवस्थापन तथा नियन्त्रणका लागी दुर्त प्रतिकार्य समिति गठन गरिएको मंत्रालयले जनाएको छ ।कृषि निर्देशक यज्ञराज जोशीको संयोजकत्वमा रहेको समितिले आजदेखी फिल्डमा गएर काम थाल्ने मंत्रालयका प्रवक्ता खगेन्द्र शर्माले बताउनुभयो ।
सलहले कृषिबालीमा पुर्याउन सक्ने क्षतीको न्युनिकरण तथा सलह नियन्त्रणलाई प्राथमिकता दिएर स्थानीय तहसंग समन्वय भईरहेको र सलह मारेर ल्याउनेलाई प्रतिकिलो २५ रुपैया दिने सरकारी नीति रहेको उहाले बताउनुभयो ।हावाको बहावसंगै फैलिने सलह किरा भगाउन चर्को ध्वनी निकाल्ने, धुवाँ गर्ने, औषधी छर्कर्ने जस्ता उपाय अपनाउन सकिने बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्