रौतहटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज । प्रदेश नम्बर २ का बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्लामा आज थप ३१ जना कोरोना संक्रमित फेला परेका छन् ।
वीरगंजको नारायणी अस्पतालको प्रयोगशाला सहित केन्द्रिय प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणको क्रममा पर्साको सखुवाप्रसौनी गाउँपालिकाको देवरवाना क्वारेन्टाईनमा रहेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।
त्यसैगरी आज रौतहटमा थप १७ जना, वारामा ३ जना, महोत्तरीमा ४ जना र धनुषामा ६ जना कोरोना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।
प्रदेश २ मा आज ३१ जना संक्रमित थपिसँगै यस प्रदेशमा संक्रमित हुनेको संख्या ३ हजार ४ सय २० पुगेको छ ।
यता, रौतहटमा पहिलो पटक कोरोना संक्रमण बाट एकजना युवकको मृत्यु भएको छ । कोरोना बाट संक्रमित भइ फोक्सोको समस्याबाट पिडित रौतहट फतुवा बिजयपुर ७ का ३० बर्षिय एक युवकको गएराती उपचारको क्रममा ललितपुर स्थित स्टार अस्पतालमा मृत्यु भएको र मृतककोे शवको व्यवस्थापन नेपाली सेनाले गरि सकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्