बालविवाह रोक्न टीकापुर नगरपालिकाले एक सय ९० छोरीको बैङ्क खाता खोल्यो
टीकापुर कैलाली । कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैङ्क खाता खोलिदिने गरेको छ ।
नगरपालिकाले सुरु गरेको ‘‘हाम्री छोरी, प्यारी छोरी’’ कार्यक्रम अन्तर्गत नगरभित्र छोरी जन्मने बित्तिकै बैङ्क खाता खोली वार्षिक एक हजार रुपैयाँ खातामा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकाले यस वर्ष एक सय ९० छोरीको कृषि विकास बैङ्कमा खाता खोलिदिएको छ ।
नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान सुरु गरेको र खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाह विरुद्ध भएको कानुनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारी दिने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले छोरीको खातामा हरेक वर्ष एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्ने र २० वर्ष पूरा भएको छोरीलाई एकमुष्ट २० हजार उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
बालविवाह अन्त्यका साथै छोरीको महत्त्व बुझाउने प्रयास स्वरूप यो कार्यक्रम गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्