तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानले गरेको योगदानको उचित मूल्याङ्कन हुने’

रुपन्देही । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिमा किसानले गरेको योगदानको उचित मूल्याङ्कन हुने बताउनुभएको छ ।

असार १५ को धान दिवसको अवसरमा तिलोत्तमा नगरपालिकास्थित कान्छी बजारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले किसानमुखी कार्यक्रमहरू ल्याएकोले अब श्रमको वास्तविक मूल्य पाउने विचार व्यक्त गर्नुभयो ।

प्रदेश सरकार गठन भएदेखि नै कृषिको बजार प्रणालीमा बिचौलियाको हालीमुहाली रोक्न सहकारीमार्फत बजारीकरणलाई प्रोत्साहन गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि विज्ञ डा. दामोदर भुसालले यान्त्रीकरणमा सरकारको ध्यान जानुपर्ने र त्यसका लागि किसान र सरकार बिच निरन्तर संवादको खाँचो रहेको बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button