तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा विद्युत् सेवा अवरुद्ध

अछाम – अछाम जिल्लामा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

सोमबार बिहान दिपायल साँफेबगर ३३ केभी प्रसारण लाइन अन्तर्गत चौर पाटी गाउँपालिका ७ मार्कुमा विद्युत्को पोलमा रूख ढल्दा दुई ओटा बिधुतको पोल ढल्नुका साथै ५ ओटा पोलको समेत लाइन चुडीएको नेपाल बिधुत प्राधिकरणले अछाम वितरण प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई वटा विद्युत्का पोल थप्नुपर्ने र त्यसका लागि प्राविधिक टोली खटिइसकेको छ । सकेसम्म छिट्टै विद्युत् सेवा सुचारु गर्न आफूहरू लागिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button