तपाईँ सुन्दै हुनुहुन्छः

टयाक्टर दुर्घटनामा बेपत्ता एक जनाको शब फेला, सशस्त्र प्रहरीद्धारा उद्धार

गुल्मी– गुल्मीको इस्मा गाउँपालिका २ स्याँलामा टयाक्टर दुर्घटना हुँदा बेपत्ता एक जनाको शब फेला परेको छ । आज बिहान सिमलटारीबाट छल्दी हिडेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरिक्षक बिनोदराज खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा टयाक्टरमा सवार गुल्मीदरबार गाउँपालिका ६ वस्ने अन्दाजी १३ बर्षको विकास परियार बेपत्ता भएका थिए । खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शब खोलाभित्र टयाक्टरको चक्कामुनी फेला परेको थियो । दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका १० वस्ने वर्ष २५ को विष्णु परियार घाईते भई पाल्पामा उपचार गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button