नेपाल–भारत सीमा समस्या समाधानपछि त्रिदेशीय विन्दु निर्धारण हुन्छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिन र नेपालबिच सीमा सम्बन्धी कुनै पनि समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सार्वजनिक महत्त्वको विषमा वक्तव्य दिनुहुँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र चीनबिच सीमा समस्या छ भन्ने भ्रमात्मक समाचारको पछि नलाग्न आग्रह गर्नुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र चीनबिच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जिपिएस जडान गर्न बाँकी रहेको बताउँदै यसबाहेक सीमामा अरू कुनै समस्या नरहेको स्पष्ट समेत पार्नुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र चीनको सीमामा रहेको सगरमाथाको उचाइ नाप्ने काम भइसकेकोले नेपालले छिट्टै सगरमाथाको वास्तविक उचाइ घोषणा गर्ने जानकारी समेत दिनुभयो ।
नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दु तोक्न बाँकी रहेको बताउँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने जानकारी समेत गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्