तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले गोठ पुर्यो, तीन लाख बढीको क्षति

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा माथिबाट आएको पहिरोले गोठ बगाएको छ । पौवादुङमा गाउँपालिका वडा नम्वर २ बोहोरा गाउँका यादव बहादुर बोहोराको खेतमा बनाईएको फुसको छानो भएको गोठ माथि आएको पहिरोले पूर्णरुपमा भत्काएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले बताउनु भयो ।

शनिवार राती साँढे ९ बजेतिरको पहिरोले गोठमा रहेका ४ वटा गोरू मध्ये एउटा गोरूको मृत्य भएको र एउटा गोरू घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले ३ रोपनी धान खेत रहेको जग्गामा क्षति पुर्र्याएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पहिरोबाट ३ लाख ७० हजार बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button