तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको रोकथाममा सरकारले सक्दो प्रयास गरेको छ– गृहमन्त्री शाह

भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रुपमा काम गरेको बताउनुभएको छ । उहाँले राजधानीमा निकै विस्फोटक रुपमा संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको बताउनुभयो ।

उहाँले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको बताउनुभयो । उहाँले सरकारले अस्पताल, बेडहरु र उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

उहाँले यस महिनाको अन्त्यसम्ममा राजधानी सहर दिल्लीका लागि कम्तीमा पनि ३० हजारजति बेड उपलब्ध हुने गरी सरकारले काम गरेको बताउनुभयो । सरकारले कम्तीमा पनि ८ हजार जति बेडहरु रेलका डिब्बामा तयार पारिएको बताउनुभयो ।

सरकारले रेलका डिब्बाहरुलाई पनि आइसोलेसन बेड र उपचार कक्षकै रुपमा विकास गरेको भन्दै आइसियु चाहिने विरामीलाई मात्र अस्पताल लगे हुने अवस्था बनाइएको बताउनुभयो । यो जुन महिनाको अन्त्यसम्ममा दिल्लीमा मात्र कम्तीमा पनि २५० ओटा भेन्टिलेटरसहितका आइसियु बेड निर्माण गरिदिने जानकारी पनि मन्त्री शाहले दिनुभयो ।

उहाँले सरकारले कोरोना भाइरसका विरुद्धमा कडा रुपमा लडिरहेको धारणा पनि राख्नुभयो । उहाँले भन्नुभयो, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । उहाँले दिल्ली सरकारले पनि यहाँको अस्पतालको व्यवस्था राम्रो हुन नसकेको विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

दिल्लीका अस्पतालहरुले आफूखुशी उपचार खर्च लिने गरेको भन्दै ती अस्पतालले धेरै उपचार खर्च लिएका र अरु पनि राम्रो व्यवस्था गर्न नसकेको भन्दै कैयौँ गुनासोहरु आएकोले त्यस विषयमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।रासस–एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button