तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित एक जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका–५ लवडाँडाबाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।गौरादह नगरपालिका–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

कमलगा–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका उनलाई हिजो साझमा प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिइएको छ ।

उनलाई बिशेष सुराकीको आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाइ इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडी बढाईएको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button