तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकद्धारा होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ ।

त्यसता होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भइरहेकोमा राष्ट्रिय बाणिज्य बैंकको बाग्मती प्रदेश कार्यालयमार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका तीन वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउदै आबश्यक पर्ने खानेपानी हस्तान्तरण गर्नुभयो ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय४० वटा शाखा कार्यालय, दुई सय पाँच वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button