तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन–बुटवल–सडक खण्डको सिद्ध बाबा मन्दिर नजिकै झरेको पहिरोका कारण अवरुद्ध सडक सुचारु भएको छ ।

शनिवार रातीदेखि परेको पानीका कारण सिद्धबावामा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलेको हो ।

सिद्ध बाबा मन्दिर नजिकै झरेको पहिरोले बाटो अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ढुङ्गा झरिरहेका कारण बाटो तत्काल दुईतर्फी खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button