ला लिगा: रियाल मड्रिडलाई उछिन्दै बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गएरातीको खेलमा सेल्टा भिगोसँग बराबरी खेल्दै बार्सिलोनाले शिर्ष स्थानको रियाल मड्रिडलाई उछिनेको हो ।
सेल्टा भिगोको मैदानमा गएराति भएको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा सकियो । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गोल गर्दै कठिन खेलबाट टोलीलाई १ अंक दिलाए ।
सेल्टासँग बराबरीमा रोकिएपछि ३२ खेलबाट ६९ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा झरेको छ । रियालले आज इस्पानियोलसँग खेल्नेछ । एजेन्सी








प्रतिक्रिया राख्नुहोस्