तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षा : झापाका नौ स्थानीय तह बाढीको जोखिममा

भद्रपुर, झापा । विगत तीन दिनदेखि लगातार पानी परेपछि झापाको कनकाई, रतुवा, कमल कमल, विरिङ बनियानीलगायतका नदीमा पानीको सतह बढेको छ ।

झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाउँपालिका बाढीको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।

सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र बाढीको उच्च जोखिममा रहेको बताउँदै ढकालले कनकाई, रतुवा, बिरिङ्ग मेची, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदी तटमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएपछि झापाका नदीनालामा पानीको सतह बढेर बाढी आउने गरेको छ ।

यसैबिच जिल्लामा बाढीजन्य विपद्को पूर्व तयारी गर्नुपर्ने रेडक्रस कर्मी दयानन्द गोस्वामस्ले बताउनुभएको छ ।

झापा रेडक्रसले जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना अन्तर्गत बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका योजना तयार गरेर विपद् व्यवस्थापन समितिमा पेस गरिएको सभापति ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button