बाँझो जमिनमा सिँचाई पुगेपछि कृषकमा छायो खुसी

सल्यान । गाउँ नजिकै वर्षभरि बग्ने खोला भए पनि सिँचाइको अभाव भएको बनगाड कुपिण्डे नगरपालिका–२ को एक गाउँमा वषौंपछि सिँचाई सुविधा पुगेको छ । सिँचाई पोखरी निर्माणपछि खेती किसानीमा सहज भएसँगै गाउँमा खुसीयाली छाएको छ ।
सिँचाई कुलो नहुँदा हिँउदेखेती लगाउन नपाई पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भोला प्रसाद शर्माले बताउनुभयो । पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने , मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हटेको उहाँको भनाई छ ।
सिँचाई निमार्णपछि अहिले आफूहरू बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल साग तरकारी समेत लगाउने तयारी गरेको अर्का स्थानीय खिम प्रकाश शर्माले बताउनुभयो । सिँचाई अभावले यसभन्दा अघि आकासे पानीको भरमा मात्र खेती गर्दै आइरहेको उहाँको भनाई छ ।
कृषि विकास कार्यालय सल्यानको झन्डै ५० लाख लागतमा तीन वटा सिँचाई ट्याङ्की निमार्ण गरिएको छ । पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको र खेती उत्पादनमा वृद्धि हुने सूचना अधिकारी बस्नेतले बताउनुभयो । सिँचाई कुलोबाट ४३ घरपरिवारलाई सिचाईका लागि सहज हुने उहाँले बताउनुभयो । झन्डै ३२ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्