तपाईँ सुन्दै हुनुहुन्छः

सलार्हीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सर्लाही । सलार्हीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेको अन्दाजी वर्ष ७०का वृद्ध रहेको प्रहरीले जनाएको छ ।

सर्लाही कबिलासी न.पा. १०स्थित नवलपुर मंलगवा सडक खण्डमा मंलगवाबाट नवलपुर तर्फ जाँदै गरेको बा१०प ४४८१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा पैदल यात्रीको टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए ।

गम्भीर घाईत वृद्धलार्ई थप उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु हो ।

मृतक वृद्धको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सर्लाही जिल्लाको मंलगवा न.पा. ५ भाडसर बस्ने मोहम्मद गुलाम गैसको दाहिने हात, दाहिने खुट्टामा चोट लागेको तथा सरकारी अस्पताल मंलगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रयोग भएको मोटरसाइकल प्रहरी चौकी कबिलासीको नियन्त्रणमा तथा चालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सलार्हीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button