तपाईँ सुन्दै हुनुहुन्छः

वन उपभोक्ता समितिका कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीको तीनपाटन गाउँपालिका स्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष मीनबहादुर गोलेविरुद्ध ३ लाख बराबरको भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

पुराना काठहरु तीनपाटन गाउँपालिका वडा नम्बर १० बाट वडा नं. ९ मा लैजाने क्रममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले घोले बिरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button