तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा बजार अनुगमनः ४ लाखको सामग्री जफत

बैतडी । बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । म्याद नाघेका अखाद्य सामग्री विक्रिवितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिईएको हो ।

यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकहरुलाई सचेत गराउन समेत बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

अहिले सम्म जिल्ला स्थीत दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मुख्य बजारहरुमा अनुगमन गरिएको घरेलु कार्यालय बैतडी प्रमुख मायाँ देबि जोसीले बताउनुभयो । ती ठाउँहरुबाट अहिलेसम्म ४ लाख रकमका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

बच्चाहरुले खाने प्याकेटका खानेकुरा अहिले प्रायः लेभल नभएका र म्याद नाघेका पाइएकाले यी सामान खरिद गर्दा राम्रोसंग हेरेर मात्रै खरिद गर्न उनले आग्रह गर्नुभयो ।

अहिले सम्म करिब डेढ लाख बढीको चिसो पेय पदार्थ बरामद गरी नष्ट गरिएको छ । म्याद सकिएको चिसो पेय पदार्थ नष्ट गरिएको हो । धेरै ठाउँमा पिठो, सोयाबडी, चाउचाउ बिस्कुट, नमकिन लगायत प्याकेटका खानेकुरा र खाद्यान्न सामग्री समेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।

अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरीद विक्रि गर्दा मिति हेरेर मात्र खरीद विक्रि गर्न टोलीले आग्रह गरेको छ ।

अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीहरुको विक्रि वितरण हुँदै आएको छ ।

यस्तै अनुगमनका क्रममा ४ जनालाई जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो । अनुगमन टोली पुग्ने बितिक्कै पसल बन्द गर्ने, जफत गरेको सामान पुन बिक्री गर्न पाउनुपर्ने, टोलीमाथि दुव्र्यवहारको प्रयास गर्नेहरुलाई १ हजार देखि ३ हजार ५ सय जरिवाना गरिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button