तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द

हेटौँडा–हेटौँडा कुलेखानी हुदै  काठमाडौँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ ।

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button