तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १२ पुग्यो

अछाम  – अछाममा बिहीबार थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

शङ्कास्पद व्यक्तिको स्वाब परीक्षणका क्रममा १० जना पुरुष र चार जना महिलामा कोरोनाको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

आज नयाँ सङ्क्रमित थपिनेमा मंगलसेन नगरपालिकाका पाच जना, पन्चदेवल विनायक नगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका आठ जना र साँफेबगर नगरपालिकाका एक जना गरी १४ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो ।

पञ्चदेवल विनायक नगरपालिकामा सङ्क्रमित भेटिए सँगै अछामका १० वटै स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै जिल्लामा सङ्क्रमित व्यक्तिको सङ्ख्या एक सय नाघेको छ ।

बुधवार २२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि ९८ जना सङ्क्रमित पुगेको अछाममा अब एक सय १२ जनामा कोरोना भाईरस देखिएको छ ।

जिल्लामा सङ्क्रमित मध्ये ११ जना निको भई घर फर्केका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button