तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको फुङलिङ नगरपालिकाको बजेट ६२ करोड ८६ लाख


ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सडक निर्माण, सिँचाई, पुलपुलेसा, भवन निर्माण, खेल मैदान, जस्ता पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

आठौं नगरसभामा उपमेयर बमबहादुर भट्टराईले बुधबार आर्थिक वर्षका लागि ६२ करोड ८६ लाख ३८ हजार रुपैयाँको बजेटमा विगत आर्थिक वर्ष झैै यस वर्ष पनि कुल पुँजिगत बजेटको ५४.४३ प्रतिशत (९ करोड ६४ लाख) पूर्वाधार विकासलाई प्रथमिकतामा राखेको हो । नगरले चालु तर्फ ३९ करोड ६४ लाख ७३ हजार र पुँजीगत तर्फ २३ करोड २१ लाख ६५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै कृषि, उद्योग पर्यटन, पशु विकास र सहकारीमा ३ करोड ९९ लाख, शिक्षा, स्वास्थ्य, खेलकुद, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई र संस्कृति प्रवद्र्धनमा कुल ३१ करोड ४५ लाख ५८ रुपैयाँ विनियोजन गरिएको छ ।

’फूङलिङ नगरपालिका, उज्यालो नगरपालिका’ अभियान अन्तर्गत सबै वडाहरुमा विद्युत् सेवाको विस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम,घरेलु तथा साना उद्योग विकास कर्यक्रम र कृषि तथा पशु सेवा प्रसार कार्यक्रम मार्फत् रोजगारको पर्याप्त अवसर सृजना गर्ने नगरपालिकाको बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button