तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको कार्यक्रम र बजेट सार्वजनिक

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । छैटौ गाउँसभामा ६३ करोड ८८ लाख ८५ हजार ९८७ रुपैयाको बजेट प्रस्तुत गरिको छ ।

सो गाउँपालिकाले जेष्ठ नागरिकको अनुभव युवा पुस्ताको गौरव ,पर्यटकीय गन्तव्यको प्रवर्धन, उज्यालो पाँचपोखरी अभियान संचालन जस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने प्रमुख टासी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै पशुपालनको आहार स्याहार आय आर्जनको आधार कार्यक्रम सञ्चालन गर्ने योजना ल्याएको सो गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button