प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण
रासस । गरीबीको रेखामुनि रहेका प्युठानका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ ।
डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो ।
जिल्लाभरका १ सय ५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्