तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर दुई जनाको मृत्यु  

कावासोती । नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक रहेका छन् ।

घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button