तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा जिल्ला फुटबल संघ र क्लबहरुलाई रकम हस्तान्तरण

अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना भाइरसका कारण प्रभावित भएकाको राहतका लागि जिल्ला फुटबल संघ र क्लबहरुलाई रकम हस्तान्तरण गरेको छ । एन्फाले एक करोड ८० लाख रुपैयाँ विभिन्न जिल्ला र क्लबहरुलाई प्रदान गरेको हो ।

१२ वटा जिल्ला र क्लबहरुले प्रदान गरेको सूचीका आधारमा हरेकलाई ७५ हजारका दरले रकम प्रदान गरेको हो । जसले प्रस्ताव फर्म बुझाएका छैनन्, उनीहरुलाई भने अझै रकम दिइएको छैन । उनीहरुलाई तत्काल सो फर्म एन्फामा बुझाउन भनिएको छ ।

फिफाले गरेको सहयोग रकमबाट एन्फाले विभिन्न जिल्ला र क्लबहरुलाई राहत स्वरुप रकम दिएको हो । असार दुई गते बसेको कार्यसमितीको बैठकले कोरोना प्रभावित भएकालाई रकम दिन एन्फाको प्रस्तावलाई अनुमोदन गरेको छ ।

एन्फाले विभिन्न ए, बी र सी डिभिजनका क्लब र जिल्ला फुटबल संघलाई ७५ हजार र ३५–३५ जना महिला तथा पुरुष खेलाडीलाई १५ हजारका दरले दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button