ब्याटमिन्टन खेलको प्रशिक्षण फेरी सुरु
काठमाडौं । कोरोना भाइरसका कारण करिब तीन महिना स्थगित भएको ब्याटमिन्टन खेलको प्रशिक्षण फेरी सुरु भएको छ । सामाजिक दुरी कायम हुने खेलमा पर्ने ब्याटमिन्टन खेललाई प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद्ले नै स्वीकृति दिएको हो ।
सोमबारबाट सुरु भएको प्रशिक्षणमा यतिबेला केही खेलाडीमात्र समावेश छन । पहिलो चरणमा वरियतामा रहेका २५ खेलाडी बोलाउने बताइएपनि मंलबार तीन जना खेलाडीमात्र प्रशिक्षणमा थिए ।
लामो समयपछि खेलाडी प्रशिक्षणमा फर्किदा निकै हौसिएका थिए । ब्याटमिन्टन संघले खेलाडीको प्रशिक्षणका लागि कोरियन प्रशिक्षक झिकाएको थियो । तर, उनी नेपाल आएपछि नै लकडाउन भएपछि घरमै बसेका थिए ।
नेपालमा लकडाउन पछि औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने ब्याटमिन्टन पहिलो खेल बनेको छ । अहिले खेलाडीलाई फिटनेस र केही टेक्निकहरुमा बढी ध्यान दिन लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्