लुकाईछिपाई राखेका विभिन्न जंगली जनावरका छाला तथा हड्डी सहित ३ जना पक्राउ

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा न.६ पन्धाराबाट दुई वटा चितुवाको छाला, दुई वटा घोरल, दुइ वटा रतुवाको छाला, भालुको पित्त तथा विभिन्न जंगली जनावरका हड्डी सहित तीन जना पक्राउ परेका छन् ।
त्रिबेणी नगरपालिका वडा नम्बर ६ र ७ का दुई जना तथा बडिमालिका नगरपालिका वडा न.५का १ जना गरि ३ जना बन्यजन्तु तस्कर पक्राउ गरेको तथा एकजना फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिनुभएको छ।
गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवर पछि मंगलबार राती त्रिबेणी नगरपालिका ६ का लालबहादुर बुढाको घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी नायब उपरीक्षक टंक प्रसाद भट्टराईले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ६ पन्धाराका अन्दाजी ४० वर्षिया रामबहादुर अएडी सोही ठाउका २३ वर्षिया खगेन्द्र खड्का र बडिमालिका नगरपालिका ५ का २३ बर्सिय बिर्ख साउद रहेका छन्।तस्करी गर्ने तीनै जनाको अनुसन्धान गरी चोरी सिकारी तथा पैठारी सम्बन्धीको ऐन अनुसार कानुनी कारबाही गर्ने प्रहरी नायब उपरीक्षक टंक प्रसाद भट्टराईले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो।








प्रतिक्रिया राख्नुहोस्