बारबर्दिया नगरपालिकाको कोरोना उपचारमा एक करोड १३ लाख खर्च

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ कारोड १२ लाख ८ सय ५८ रुपैयाँ खर्च भएको जनाएको छ । बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले ७ औँ नगरसभामा आर्थिक बर्ष २०७६/०७७ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम खर्च भएको जानकारी गराउनुभएको हो ।

बारबर्दिया नगरपालिकाले हाल आरडिटी जाँच दुई हजार सात सय ६० जना, पिसिआर दुई सय ६६ जना, गरेकोमा आरडिटी पोजेटिभ ४९ जनाको परिक्षण गरेको जनाएको छ । ती मध्यको आठ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको छ भने ८१ जनाको पिसिआर जाँचको लागि प्रक्रियामा रहेको छ ।
हाल बारबर्दियाको क्वारेन्टिनमा १ सय ९५ जना बसिरहेका छन् भने क्वारेन्टिन बसेर २ हजार ८ सय ९५ जना जना घरफर्की सकेका छन् । पिसिआर पोजेटिभ ५ जना नगरकै आईसोलेशनमा बसेर १ जना डिर्चाज भईसक्नु भएको छ भने पिसिआर पोजेटिभ ३ जना बाँकेको खजुरा कोरोना बिशेष अस्पतालमा रहेका छन् ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारुले कोरोना रोकथाम र नियन्त्रणको खर्चमा मितब्यिता अपनाईकोले अन्य छिमेकी पालिका भन्दा कम खर्च भएको दाबी समेत गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्