पहिरोको कारण पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

तनहुँँ । पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ऐना पहरामा पहिरो खसेको छ । सुक्खा पहिरोका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार रातिदेखि पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ । बर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो गएर बाटो अबरुद्ध हुन सुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्