चौरजहारी अस्पतालबाट सल्यानका ९ संक्रमित डिस्चार्ज
सल्यान । रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालबाट सल्यानका नौ जना डिस्चार्ज भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका नौ जना कोरोना संक्रमण निको भएपछि डिस्चार्ज भएका हुन ।
मिसन अस्पताल चौरजहारीमा उपचाररत ११ जनामध्ये नौ जना सोमबार डिस्चार्ज भएको मिसन अस्पताल चौरजहारीले जनाएको छ । उपचार पछि फर्किने सबै पुरुष रहेका छन् । भन्डै २० दिन अघि कोरोना पुष्टि भएपछि अस्पताल ल्याइएका उनीहरुको पहिलो र दोस्रो चरणको परीक्षणमा नेगेटिभ आएको अस्पतालका मेडिकल डाइरेक्टर कालेव बुढाले बताए ।
कोरोना जितेर स्वस्थ्य भई घर फर्केनमा बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का २६ र ३० वर्षीय पुरुष वडा न ४ का २०, २१, २५, २७, २८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै वडा न ५ का २२ वर्षीय पुरुष कोरोनो निको भएर घर फर्किएका छन् ।
सोमबार ९ जना डिस्चार्ज भएसँगै सल्यानमा डिस्चार्ज हुनेको संख्या ६६ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना र आइसोलेसन कक्षा लुहापिङबाट ३९ जना डिस्चार्ज भइ सकेका छन् ।
सल्यानमा १ सय ६८ जना कोरोना संक्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्