तपाईँ सुन्दै हुनुहुन्छः

भरूवा बन्दुक सहित एक पुरुष पक्राउ

स्याङ्जा । स्याङ्जामा भरुवा बन्दुक सहित एक पुरुष पक्राउ परेका छन् । आईतबार वालिङ नगरपालिका वडा नं. ५ मझकोट का ३४ वर्षीय जोग बहादुर चुहान बन्दुक सहित पक्राउ परेका हुन् ।

उनले घरमा हातहतियार खरखजना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बन्दकुसहित पक्राउ गरेको हो । चुहानको कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक थान १, बारुद भर्न प्रयोग हुने फलामको रड, बारुद, केप र छर्राहरु समेत फेला परेको प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

चुहानलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालत पेश गराईएकोमा सोमबार दिन १० म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button