तपाईँ सुन्दै हुनुहुन्छः

बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा कब्रस्थान छनौट

बारा । मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा कब्रस्थान छनौट गरेको छ । मुस्लिम समुदायमा कसैको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा दाहसंस्कारको लागि मुस्लिम आयोग नेपाल अनुगमन समिति कब्रस्थान छनौट गरेको हो ।

अनुगमन समितिले कोरोनाबाट मृत्यु भएको अवस्थामा अन्तिम संस्कारको लागि क्षेत्र नम्बर १ को सिम्रौनगढ नगरपालिका पर्साटोल, क्षेत्र नम्बर २ को महागढिमाई नगरपालिकाको बेतौना, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरापलिकास्थित बरेवा र क्षेत्र नम्बर ४ को जितपुरसिमरा उपमहानगरपालिकाको हरपुरमा रहेको कब्रस्थान छनौट गरेको समितीका संयोजक राज महम्मद रायले जानकारी दिनुभयो ।

कब्रस्थान छनोट गरिएको बिषयमा जिल्ला प्रशासन कार्यालय बारालाई समेत औपचारिक रुपमा जानकारी गराईएको संयोजक रायले बताउँनुभयो । कब्रस्थान छनौटको लागि आवश्यक सल्लाह लिन आयोगले जेष्ठ २६ गते कलैयामा मुस्लिम अगुवाहरुको सर्वपक्षीय भेलासमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button