तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक सय ७६ पुग्यो

पाल्पा । पाल्पामा आज ८२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका अन्तरगत सिलुवा, रिङनेरह र बिरकोटका ८० जना र माथागढी गाउँपालिकाका दुई जना गरी ८२ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७६ पुगेको छ ।

पाल्पामा एक जना सङ्क्रमितको निधन भइसकेको छ भने पाँच जना निको भएर घर फर्किसकेका छन् ।

पाल्पाबाट स्वाब सङ्कलन भई गुल्मीका दुई जना र अर्घाखाँचीका एक जनासहित कोरोना पोजेटिभको सङ्ख्या एक सय ७६ पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button