भिड नियन्त्रण गर्न गोलाकार घेरा बनाउने अभियान शुरु

बीरगंज । लकडाउन खुकुलो भएसँगै बजार खुलेपछि बढदो भिडभाडलाई नियन्त्रण गर्न ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा आज वीरगंजको आदर्शनगरमा रहेका पसल अगाडी सामाजिक दुरी कायम गराउने गोलाकार रेखा बनाउने अभियान शुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बजारमा मानिसहरुको दिनहु बाक्लो उपस्थितिलाई व्यवस्थित गराउनका लागि आजबाट सामुदायिक प्रहरी, ट्राफिक प्रहरी पर्सा, वडा प्रहरी कार्यालय विर्ताको संयुक्त आयोजनामा सामाजिक दुरी कायम गर्नका लागि आदर्शनगरका पसल अगाडी गोलाकार रेखा भित्र बसेर सामान खरिद गर्ने व्यवस्था मिलाउने अभियान शुरु गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरको लोहारपट्टि चौक देखि ग्रीन सिटी चोक सम्म रहेका पसल र बजारहरुमा आउने मानिसहरु लाई कोरोना बाट कसरी जोगिने भने जनचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको थियो ।
कार्यक्रम ग्रीनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी, रुङ्टा वेलफेर सोसाइटीका सुरेश रुङ्ग्टा, ब्यवस्थित बीरगंजका दिलिप राज कार्की, ग्रीनसिटीका संजय शर्मा, मुरली जलान, कबिता खेतान, ज्योति रुङ्ग्टा लगायतको सहभागीता रहेको थियोे ।








प्रतिक्रिया राख्नुहोस्