राष्ट्र बैंकले २४ अर्ब ३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असार ८ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको ९ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो भने १५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले बिक्री गर्न लागेको २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल साउन ६ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रजरी बिल २०७७ असोज ६ गते परिपक्व हुनेछ । त्यसैगरी, १८२ दिन अवधिको ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ पुस ७ गते परिपक्व हुनेछ ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्