तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ६ जना कोरोना सङ्क्रमित थपिए, तीन जना डिस्चार्ज

सल्यान । सल्यानमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिकाका पुरुष रहेका छन् । बनगाड कुपिण्डे नगरपालिका २ का ३८ वर्षीय, वडा न ३ का २८ वर्षीय,वडा न ४ ३०, ३० वर्षीय, वडा न ५ का २२ वर्षीयर वडा न ६ का १९ वर्षिय पुरुष रहेका छन् ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई बनगाड कुपिण्डे नगरपालिकामा निमार्ण गरिएको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

आइतबार ६ जना थपिएसँगै सल्यानमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ६८ पुगेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा एक सय ३०, बागचौर नगरपालिकामा नौ, कुमाख गाउँपालिकामा नौ, दार्मा गाउँपालिकामा नौ, र त्रिवेणी गाउँपालिकामा पाँच, सिद्ध कुमाख गाउँपालिका तीन र कालीमाटी गाउँपालिकामा दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

तीन जना डिस्चार्ज
सल्यानमा तीन जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनबाट तीन जना डिस्चार्ज भएका हुन ।

उनीहरूको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाउको छ ।
यससँगै सल्यानमा डिस्चार्ज हुनेको सङ्ख्या ५७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button