चितवनमा लागु औषधसहित पाँच जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षिया कञ्चन उपरकोटी, भरतपुर महागरपालिका वडा नम्बर ३ कै २२ वर्षिय अविनास बोटे, वडा नम्बर ४ का २१ वर्षिय भूदत्त परियार र गैडाकोट नगरपालिका वडा नम्बर १६ की १९ वर्षिय वविता महत्व रहेको कार्यालयका प्रहरी निरीक्षक सुवाष भट्टले जानकारी दिनुभयो ।
उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ बिक्रममार्गबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट फेनारगन दुई सय ५५ एम्पुल, मर्पिmन दुई सय ५५ एम्पुल, डाईजेपाम दुई सय ५५ एम्पुल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई आज जिल्ला अदालत चितवनमा लागुऔषध ओसारपोसारमा मुद्धा दर्ता गरिएको उहाँले बताउनुभयो ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्