तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा सुधारिएको चुलो वितरण 

सल्यान । सल्यानमा सुधारिएको चुलो वितरण गरिएको छ । परम्परागत चुलो प्रयोग गर्दा श्वासप्रश्वास रोग बढ्दै गएको भन्दै जिल्लाको कुमाख गाउँपालिकाले सुधारिएको चुलो वितरण गरेको हो ।

परम्परागत चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्य प्रति सचेत भई कुमाख गाउँपालिकाको वडा न ६ मा ४ सय २५ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको वडा अध्यक्ष विरबल शर्माले बताए ।

दाउरा लगायत अन्य इन्धनको कम खपत हुने धुवाँरहित र छिटो पकाउनका लागि पहिलो चरणमा ४ सय २५ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको उनको भनाई छ । लक्षित वर्गको कार्यक्रम अन्र्तगत २ लाखको लागतमा सुधारिएको चुलो वितरण गरिएको उनको भनाई छ ।

दोस्रो चरणमा वडाका बाँकी सम्पूर्णलाई वितरण गरिने उनको भनाई छ । उनले भने ‘सामाजिक विकासको एउटा माध्यम यो पनि भएकाले जनतासँग प्रत्यक्ष जोडिएका साना साना विषयलाई पनि स्थानीय सरकारले सम्बोधन गर्दै आइरहेको छ ।’

९ सय ६८ घरधुरी रहेको वडा न ६ मा पहिलो चरणमा ४ सय २५ घरधुरीलाई वितरण गरिएको उनको भनाई छ ।

दिगो विकासका लक्ष्य हासिलका साथै विशेष गरेर महिलाको कार्यबोझ कम गर्न र श्वासप्रश्वास तथा धुँवाजन्य रोगको न्युनिकरणमा सहयोग गनर्का लागि सुधारिएको चुलो वितरण गरिएको वडाध्यक्ष शर्माको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button