तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशका ९ जिल्लामा संक्रमितको संख्या ९९१ पुगेको छ ।

आज कैलाली, कञ्चनपुर डोटी, बाजुरा, बैतडी र डडेल्धुरामा नयाँ संक्रमित फेला परेका हुन् । कैलालीमा ३० जना, डोटीमा ४ जना, कञ्चनपुरमा ३ जना त्यस्तै बाजुरा, बैतडी र डडेल्धुरामा पनि २–२ जनामा संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज फेला परेका मध्ये ९ जना महिला हुन् भने ३४ जना पुरुष हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button